जिसस प्रमुखले कांग्रेस कार्यकर्ता कुटाएको आरोप

काठमाडौँ- पाँचथरका जिल्ला समन्वय समिति प्रमुख विमल सापकोटामाथि कांग्रेसका कार्यकर्ताहरूलाई कुटपिट गराएको आरोप लागेको छ ।
२३ वटा मोटरसाइकलमा एमालेका कार्यकर्ताहरू ल्याएर हिलिहाङ गाउँपालिका–६ मा कांग्रेसका कार्यकर्ताहरू कुटपिट गराएको सापकोटालाई आरोप लागेको हो ।
सापकोटाको घर सोही गाउँपालिकामा पर्छ । मौन अवधि छँदै गएराति सोही गाउँपालिकाको वडा नम्बर १, २ र ३ का एमालेका कार्यकर्ताहरू ल्याएर कांग्रेस कार्यकर्ताहरूलाई कुटपिट गराएको उनीमाथि आरोप लागेको हो ।
उनलाई मतदाता प्रभावित पार्न पैसा बाँड्न लगाएको पनि आरोप लागेको छ । तर, सापकोटाले भने दुवै आरोप अस्वीकार गरेका छन् । उक्त गाउँपालिकामा एमाले तुलनात्मक रूपमा अन्य दलभन्दा बलियो छ ।
२०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा एमालेले ‘क्लीन स्वीप’ गरेको थियो । तर, २०७६ को मंसिर १४ गते भएको उपनिर्वाचनमा भने उक्त गाउँपालिकाको वडा नम्बर–७ मा कांग्रेसले जितेको थियो ।

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया