पैसा बाँड्दै गर्दा अध्यक्षका उम्मेदवार रंगेहात पक्राउ

सुर्खेत- गुर्भाकोट नगरपालिका ११ का एमाले उम्मेदवारलाई प्रहरीले पक्राउ गरेको छ । गुर्भाकोट नगरपालिका वडा नम्वर ११ स्थित आँपसोतीबाट एमालेका वडा अध्यक्षका उम्मेदवार राजन विसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पैसा बाँड्दै गरेको भन्ने स्थानीयबासीको सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो । विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको छ । बुधबार मध्य राति गुर्भाकोट मतदाताहरुलाई पैसा बाँड्दै गरेको अवस्थामा उम्मेदवार विसीलाई प्रहरीले रंगेहात नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
डिएसपी रामप्रसाद घर्तीका अनुसार प्रहरीले विसीबाट नगद १ लाख १२ हजार रुपैयाँ पनि बरामद गरेको छ । ‘पैसा बाँड्न लागेको भन्ने स्थानीयका सूचना गरेपछि प्रहरी त्यहाँ गएको हो’ डिएसपी घर्तीले भने, ‘उम्मेदवार विसीलाई नियन्त्रणमा लिएका छौ भने उक्त घरमा बेवारिसे अवस्थामा एक लाख १२ हजार नगद पनि फेला परेको छ ।’ घटनाको विषयमा अनुसन्धान भइरहेको घर्तीले बताए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया