२६ दिनमा सकियो दया–सौगातको ‘२ नम्बरी’

काठमाडौँ - महामारीका कारण बीचैमा छायांकन रोकिएको दीपेन्द्र लामा निर्देशित फिल्म ‘२ नम्बरी’को सुटिङ सकिएको छ । निर्देशक दीपेन्द्र लामाले २६ दिनमा फिल्मको सुटिङ सकिएको जानकारी गराएका छन् ।
पहिलो महामारीअघि फ्लोरमा गएको फिल्मको सुटिङ हप्ता दिन भएको थियो । यसबीचमा पहिला सुटिङ गरिएका कोही कलाकार जेल त कोहीको मृत्यु भएपछि फिल्मको पुनः पुरै सुटिङ गर्नुपरेको थियो ।
गलत काम गर्ने दुई साथीको मित्रताको कथामा बनेको फिल्ममा सौगात मल्ल र दयाहाङ राई मुख्य भूमिकामा छन् । यसैगरि भुटानी अभिनेत्री उगेन छोदेन र उपासना सिंह ठकुरीले फिल्ममा दया र सौगातको जोडीको रुपमा अभिनय गरेका छन् । सुटिङमा जानु अगावै यो फिल्मले कात्तिक ४ लाई प्रदर्शन मिति घोषणा गरिसकेको छ । किरण नेपाली निर्माता रहेको फिल्मलाई सुशन प्रजापतिले खिचेका हुन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया