आकाश–पूजाको ‘सम्झना बिर्सना’ रिलिज पोस्टपोन्ड

काठमाडौँ - स्थानीय निर्वाचनको कारण देखाउँदै रिलिजको संघारमा रहेको फिल्म ‘सम्झना बिर्सना’ले प्रदर्शन मिति स्थगित गरेको छ । निर्माण टिमले चुनावका कारण फिल्म हेर्ने माहौल नरहेको भन्दै फिल्म निर्धारित मितिमा रिलिज नहुने जानकारी गराएको हो । यो फिल्मले जेठ ६ गते प्रदर्शन हुने गरी ट्रेलर तथा गीत सार्वजनिक गरेको थियो ।
दार्जिलिङमा सुटिङ भएको यो फिल्ममा आकाश श्रेष्ठ र पूजा शर्माको मुख्य भूमिका रहेको थियो । सुटिङको समय अफेयरमा रहेका आकाश र पूजाको बीचमा ब्रेकअप भएपछि यो फिल्मको प्रचारलाई पनि असर पुगेको थियो ।
स्रोतका अनुसार ट्रेलर सार्वजनिक कार्यक्रममा मुस्किलले सँगै आएका आकाश र पूजा यसपछिको प्रचारमा सँगै हिँड्न इच्छुक थिएनन् । त्यही भएर निर्माण टिमले ट्रेलर रिलिजपछि कुनै पनि प्रचारको काम गर्न सकेका थिएनन् । यो फिल्मलाई निमेष प्रधानले निर्देशन गरेका हुन् भने फिल्मका निर्माता आदित्यमान प्रधान रहेका छन् । निर्माण टिमले अर्को उपयुक्त मितिमा फिल्म रिलिज गर्ने जनाएको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया