सर्लाहीमा १४ केजी गाँजासहित एक जना पक्राउ

सर्लाही- सर्लाहीको मलंगवा नगरपालिका–८ राजश्रीहल नजिक बस्ने १९ वर्षीय रुस्तम कुमार यादवलाई प्रहरीले गाँजासहित पक्राउ गरेको छ ।
उनको साथबाट १३ किलो ९ सय ग्राम अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी चौकी गोरखकालीबाट खटिएको प्रहरीले बुधबार राति शंका लागि उनलाई जाँच गर्ने क्रममा उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

पानी नपरेपछि वीरगञ्जको गहवामाईमा पर्जन्य यज्ञ !

भूमिहीनहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण

करेन्ट लागेर एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

गौशाला नगरपालिकाका ३१ जना प्रधानाध्यापकको राजिनामा

मधेस प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

वारुणयन्त्रबाट वीरगञ्जमा खानेपानी आपूर्ति

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

प्रतिक्रिया