कर्जा विस्तार ४७ प्रतिशत कम

काठमाडौंः गत आर्थिक वर्षको तुलनामा चालु आवको पहिलो त्रैमास (साउन-असोज) मा वाणिज्य बैंकहरुको कर्जा विस्तार ४७ प्रतिशत कम भएको छ । नेपाल बैंकर्स संघका अनुसार, पहिलो त्रैमासमा ६६ अर्ब रुपैँया कर्जा विस्तार भएको छ । जबकी अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब २५ अर्ब रुपैँया कर्जा विस्तार भएको थियो ।
चालु आर्थिक वर्षमा नेपाल राष्ट्र बैंकले सबै ऋणीहरुलाई ६ महिनाको ब्याज पुँजीकरण गर्न सक्ने सुविधा दिएको छ । कोभिड-१९ महामारीका कारण समयमा ऋणको किस्ता तिर्न नसकेर पाकेको ब्याज समेत कर्जामै गाभ्न सकिने प्रावधानका बाबजुद पनि ऋण विस्तार ६६ अर्ब रुपैँया मात्र छ ।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरुले ८७ अर्ब रुपैँया निक्षेप संकलन गर्दा १ खर्ब २५ अर्ब रुपैँया कर्जा लगानी गरेका थिए । पहिलो त्रैमासलगत्तै बैंकहरुमा लगानीयोग्य पुँजी अभावको समस्या देखिएको छ । निक्षेपको तुलनामा कर्जा विस्तार उच्च हुँदा बैंकहरुको कर्जा-स्रोत अनुपात कसिलो देखिएको थियो । बैंकहरुले निक्षेप र प्राथमिक पुँजीको ८५ प्रतिशत सम्म ऋण दिन सक्ने व्यवस्था भए पनि यसवर्ष कर्जाको माग नै कम देखिन्छ । विगत वर्षहरुमा भने कर्जा र स्रोतको अनुपात ८० प्रतिशत हुनुपर्ने व्यवस्था थियो ।
चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ खर्ब ८ अर्ब रुपैँया निक्षेप संकलन भएको छ । रेमिट्यान्स आप्रवाह र निर्यातमा सुधार आएकाले बैंकिङ प्रणालीमा निक्षेप बढेको छ । बैंकिङ प्रणालीमा अहिले झण्डै २ खर्ब रुपैयाँ अधिक तरलता छ । त्यस्तै मौद्रिक नीतिले झण्डै २ खर्ब रुपैँया बराबरको सहुलियतपूर्ण पुनर्कर्जाको व्यवस्था गरेको भएपनि उक्त पुनर्कर्जा उपभोग चालु आर्थिक वर्षको जम्मा ३ अर्ब रुपैँया छ । नेपाल राष्ट्र बैंकले बैंकहरुलाई थोक पुनकर्जा माग गर्ने अवधि असोज मसान्तसम्म तोकेको छ ।
यद्यपि अहिले बैंकिङ प्रणालीमै लगानीयोग्य स्रोत अत्याधिक रहेको छ । नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन कुमार दाहालले, कोरोना भाइरस महामारीले सिर्जना गरेको व्यावसायिक अनिश्चितताका कारण धेरै उद्यम/व्यवसाय विश्वस्त भएर कर्जा लिने अवस्थामा छैनन् । जसका कारण कर्जाको मगमा शिथिलता आएको हो ।
पहिलो त्रैमासलाई बैंकहरुले ऋण विस्तार गर्ने समयका रुपमा उपयोग गर्दै आएका थिए । असारमा सरकारी खर्च वृद्धि भइ बैंकहरुसँग पर्याप्त तरलता हुने भएकाले अघिल्ला वर्षहरुमा पहिलो त्रैमासमा अधिकमत ऋण विस्तार हुने गरेको थियो । कर्जा लगानी बैंकहरुको आम्दानीको मुख्य स्रोत हो । कर्जा विस्तारमा देखिएको शिथिलताका कारण बैंकको आम्दानी प्रभावित हुने देखिएको छ ।
कर्जा र निक्षेप संकलन
- साउन-असोज २०७६/७७ २०७७/७८
- कर्जा १२५ अर्ब ६६ अर्ब
- निक्षेप ८७ अर्ब १०८ अर्ब
_s9n0E2adwG_gumcjphdni5h8dpeydj8wga6u7eedf5s53tlhjkvy9oq9o55mjx4slzmwcbq_VOnw1biLgx_vdcurgthfezu8euyupgjpemljlxerjhaerwj689ezoga6mvnxzaibmaavoqd.jpg)
कुमारी बैंकद्वारा फोनपेसँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्ड सेवा सुरु

आजदेखि पेट्रोलियम पदार्थको मूल्यवृद्धि, पेट्रोलमा बढ्यो लिटरमै पाँच रूपैयाँ

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

आँप मेलामा १० लाखभन्दा बढीको कारोबार

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माण हुँदै

आज सुन प्रतितोला कतिमा कारोबार हुँदैछ?

स्काइवाक काठमाडौँ तेस्रो वर्षमा, ३ महिनासम्म पाहुनालाई नि:शुल्क कप उपहार

प्रतिक्रिया