चाडबाडको समयमा आउने-जानेको लर्को, जमुनाह नाकामा भिडभाड बढ्याे

नेपालगञ्ज : भारत जाने र आउनेकोे संख्या बढेपछि नेपाल भारत सीमा नाका जमुनाहमा भिडभाड हुन थालेकाे छ । चाडबाडको समयमा आउने जानेको संख्या बढेपछि नाकामा भिडभाड बढेको हो ।
कोभिड १९ का कारण सरकारले कार्तिक ३० गतेसम्म नेपाल भारत सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । तर भारतीय जमुनाह नाका खुला हुँदा त्यसको असर नेपालमा समेत परिरहेको छ । भारतीय सीमा नाकाबाट निर्वाध रुपमा आवागमन हुँदा भिडभाड बढेको स्थानीय बताउँछन् ।
सीमामा भिडभाड बढेपछि ब्यवस्थापन गर्न सीमा प्रहरीलाई समेत सकस भएको ईलाका प्रहरी कार्यालय जमुनाहका प्रहरी नायब निरीक्षक बिष्णु गिरीले बताए । उनी आफै फिल्डमा खटिएका छन् ।
आवश्यकता भन्दा कम जनशक्ति रहेकोले भिड व्यवस्थापनमा चुनौती थपिएको गिरीले बताए । अत्यावश्यक काम बाहेकका मानिस पनि सीमामा आवतजावत गर्ने भएका कारण भिड बढेको उनको भनाइ छ ।
उनले अनावश्यक रुपमा सीमामा आवतजावत नगर्न समेत सर्वसाधारसँग् अपिल गरे । सीमामा हाल नेपालीलाई नागरिकता र भारतीयलाई आधार कार्ड देखाएर आवतजावत गर्न दिइएको छ । त्यस्तै औषधि उपचार, अन्तिम संस्कार र विवाह लगायतका अत्यावश्यक काममा लागि पनि दुवै देशका नागरिक आवतजावत गर्न पाउँछन् ।

विपन्न विद्यार्थीलाई झोलासहित पाठ्यसामग्री वितरण

कागती बिक्री नहुँदा किसान समस्यामा

लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यद्वारा एक वर्षे उपलब्धि सार्वजनिक

बाँकेमा सम्बन्ध विच्छेदका मुद्दा बढ्दै

सुतिरहेको अवस्थामा १४ महिने शिशुलाई सर्पले डस्यो, अस्पताल लैजाँदालैजाँदै मृत्…
उच्च अदालत तुलसीपुरमा एक दशकयताकै बढी मुद्दा फर्छ्यौट, एक वर्ष नाघेका मुद्दा स…

वन्यजन्तुबाट बाली जोगाउन नसकेपछि टिमुरखेती

प्रतिक्रिया