कंगनाको ज्ञानको पराकाष्ठा : वेदबाट लिइएको हो ‘एभेन्जर्स’, हनुमान र कर्णका नक्कल हुन् ‘थोर’ र ‘आइरनमेन’

मुम्बई - बलिउड अभिनेत्री कंगना रनावतले हलिउड फिल्महरू प्राचिन धर्मशास्त्रबाट लिइएको दाबी गरेकी छिन् । आफ्नो फिल्म ‘धाकड’को प्रचारमा व्यस्त रहेकी कंगनाले इटाइम्सलाई दिएको अन्तर्वार्तामा हलिउडका सुपरहिरो फिल्म हिन्दू धर्मशास्त्रबाट प्रेरित रहेको बताएकी हुन् ।
अन्तर्वार्तामा उनलाई ‘तपाईँ कुन सुपरहिरोको भूमिका गर्न चाहानुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनले हलिउड सुपरहिरो र पौराणिक हिरोमा थुप्रै समानता भेट्न सकिने बताएकी थिइन् ।
‘म जब उनीहरूका सुपरहिरो फिल्म हेर्छु, हाम्रोबाट प्रेरित पाउँछु । जस्तो कि आइरनमेनको कवच जुन छ त्यो कर्णबाट प्रेरित देखिन्छ । कर्णले पनि सुरक्षाका लागि त्यस्तै कवच धारण गर्ने गरेको हामीले पढेका छौँ,’ उनले भनेकी छिन्, ‘थोर र उसको हथौडालाई हनुमानको गदासँग तुलना गर्न सकिन्छ ।’
उनले ‘एभेन्जर्स’लाई महाभारतबाट प्रेरित रहेको बताएकी थिइन् । ‘देखाउन तरिका फरक छ तर हलिउडले यी सबै कुरा हाम्रो वेदबाट लिएको हो ।’ कंगनाले आफूले सुपरहिरोको भूमिका गर्न चाहे यिनै चरित्रमध्येबाट कुनै गर्नसक्ने बताएकी थिइन् । पहिलोपल्ट एक्सन भूमिकामा देखिन लागेकी ‘धाकड’ आउँदो शुक्रबार रिलिज हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया