आजबाट सिटिजन्स बैंक र तिनाउको एकीकृत कारोबार सुरु

काठमाडौं : शनिबारबाट सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । सिटिजन्सले तिनाउ मिसन डेभलपमेन्ट बैंकलाई प्राप्ति गरेपछिको कारोबार सुरु भएको हो ।
पुस २२ गते सिटिजन्स बैंकको मुख्य कार्यालय नारायणहिटीपथमा आयोजित एक कार्यक्रमका बीच बैंकको तर्फबाट सञ्चालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडका तर्फबाट संचालक तथा मर्जर तथा प्राप्ति समितिका संयोजक राजेन्द्रप्रसाद ओझाले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।
दुवै बैंकले आ-आफ्नो विशेष/साधारण सभाबाट प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गरी नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपछि एकीकृत कारोबार सुरु गरेका हुन् । दुवै बैंकले गत कार्तिक १ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीमा हस्ताक्षर गरेको थियो । सिटिजन्स बैंकको हालको चुक्तापूँजी ९ अर्ब ८१ करोड रुपैयाँ रहेकोमा प्राप्तिपछिको चुक्तापूँजी ११ अर्ब ६६ करोड रुपैयाँ हुनेछ ।

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणमा अर्थमन्त्रीको जोड

गुल्मीमा कफीको बिरुवाको माग बढ्दो

कतिमा कारोबार भइरहेको छ आज विदेशी मुद्रा ?

प्रतिक्रिया