आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

नेपाल टेलिकमले प्रति सेयर ४० रुपैयाँ लाभांश बाँड्ने, सोमबारबाट खातामा जम्मा

काठमाडौं : नेपाल दुरसञ्‍चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्‍ना लगानीकर्तालाई प्रति सेयर ४० रुपैयाँ नगद लाभांश बाँड्ने प्रस्ताव पारित गरेको छ । शुक्रबार बसेको वार्षिक साधारणसभाले यो प्रस्ताव पारित गरेको हो ।

आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट नगद लाभांश बाँड्न लागिएको कम्पनीले जानकारी दिएको छ । सोमबारबाट सेयरधनीको हितग्राही खातामा जम्मा गर्ने उल्लेख छ ।