शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

प्रचण्ड र रेणुले गरे मतदान

चितवन - नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चितवनबाट मतदान गरेका छन् । प्रचण्डले भरतपुर १४ स्थित नेपाल पुलिस स्कुल शान्तिपुरबाट मतदान गरेका हुन् । 

उनले बुथ नम्बर ञकझ बाट मतदान गरेका हुन् । उनले पहिलो मतदान गरेपछि मतदान कार्य सुरु भएको हो ।

यहाँ २ वटा मतदान केन्द्र छन जसमा जम्मा १६७८ मतदाता रहेका छन् ।
यस्तै भरतपुर महानगरपालिका मेयरका उम्मेदवार रेणु दाहालले मतदान गरेकी छन् । उनी र उनकी बहिनी गंगा दाहालले भरतपुर-१४ स्थित आधारभुत विद्यालय सुन्दरवस्तीबाट मतदान गरेका हुन् ।