शुक्रबार २६ बैशाख, २०८२
Friday, May 09, 2025

काठमाडौँले खोजेको सपना आज पूरा हुन्छ : बालेन

फाइल तस्बिर

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको मेयरका लागि स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौँले खोजेको परिर्वतनको सपना आज साकार हुने बताएका छन् ।

बसन्तपुर मतदान केन्द्रमा सञ्चारकर्मीसँग कुराकानी गर्दै बालेनले भने, ‘यसपाली मतदाताहरू साँच्चै खुशी छन् । परिर्वतन गर्न मतदाताहरू उत्साहित भएका छन् । आज ५ बजेपछि परिवर्तनको सन्देशहरू आउने छन् । '

काठमाडौँ महानगरपालिकाका  मेयरमा ५० जना उम्मेदवार छन् । मतदान स्थलको अवलोकनका क्रममा बसन्तपुर पुगेका उनले आफूलाई मात्र नभई सबै स्थानीय तहमा असल मान्छेलाई मत दिन आग्रह गरे ।