मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

स्थापित, सिंह, बालेन र बास्काेटाले गरे मतदान

काठमाडौं– काठमाडौं महानगरपालिकाका मेयर पदका चार उम्मेदवारले मतदान गरेका छन् । मतदान गर्नेमा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह, नेकपा एमालेका उम्मेदवार केशव स्थापित, स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह र विवेकशील साझाकी समीक्षा बास्कोटाले रहेका छन् । 

चारै उम्मेदवारले आआफ्नो मतदान केन्द्रबाट मतदान गरेका हुन् ।