मोरङको लेटाङ नगरपालिका र भोजपुरको अरुण गाउँपालिकाका दुई केन्द्रमा मतदान सुरु हुन सकेन

विराटनगर - स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश १ का छिटपुट मतदान केन्द्रबाहेक अधिकांश मतदान केन्द्रमा मतदान शान्तिपूर्ण रूपमा सुरु भएको छ । मोरङको लेटाङ नगरपालिकाको शान्ति भगवती मावि र भोजपुरको अरुण गाउँपालिकास्थित विश्वप्रेमी मावि केन्द्रमा मतदान सुरु नसकेको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नविनराज राईले जानकारी दिए ।
मोरङको शान्ति भगवती माविमा मतदाता नामावलीमा अन्यत्रका मान्छेको नाम रहेको आरोप लगाउदै काङ्ग्रेस र एमालेबीच बिवाद हुँदा मतदान सुरु हुन नसकेको जनाइएको छ । त्यसैगरी भोजपुरको विश्वप्रेमी मावि केन्द्रमा गएराती दलका कार्यकर्ताबीच झडप भएका कारण मतदान सुरु हुन नसकेको प्रवक्ता राईले बताए ।
बिहान ७ बजे मतदान शुरु हुन लाग्दा पानी परेका कारण केही मोरङ, सुनसरी र उदयपुरका केही मतदान केन्द्रमा २० मिनेट जति मतदान सुरु हुन ढिलाइ भएको थियो । सुनसरीको २५ वटा केन्द्रमा पानीले मतदान प्रभावित भएकोमा पानी रोकिएकोले त्यहाँ पनि मतदान सुरु भइसकेको जनाइएको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया