२० वर्षपछि फेरि ‘रहना है तेरे दिलमें’, रिमेकमा विक्की र कृति ?

मुम्बई : आजभन्दा २० वर्ष पहिला रिलिज भएको ‘रहना है तेरे दिलमें’को रिमेक बन्ने भएको छ । निर्माता वास भगनानीको कम्पनी पूजा इन्टरटेनमेन्टले यसलाई फेरि बनाउने तयारी थालेको हो ।
बासु भगनानीका छोरा ज्याकी भगनानीले रिमेक गर्ने गरी निर्देशक पनि छानिसकेका छन् । ज्याकीले श्रीदेवी अभिनित ‘मम’ निर्देशक रभि उदयवारलाई निर्देशकको जिम्मेवारी दिइएको बलिउड हंगामाले खबर छापेको छ ।
गौतम मेननको लेखन तथा निर्देशन रहेको यो फिल्म माधवनको हिन्दी डेब्युसँगै मिस इन्डिया दिया मिर्जाको पनि डेब्यु फिल्म थियो । फिल्ममा सैफअलि खान पनि मुख्य भूमिकामा थिए । उसबेला फिल्मले बक्स अफिसमा औसत व्यापार गरेको थियो तर कालान्तरमा यो क्लासिक मानिएको थियो ।
रिमेकमा ज्याकीले माधवन र दिया मिर्जालाई केमियोका लागि मनाइसकेका छन् । तर नयाँ फिल्ममा मुख्य भूमिकामा को रहने निर्माण टिमले खुलाइसकेको छैन । स्रोतका अनुसार फिल्मका लागि विक्की कौसल र कृति सेननलाई प्रस्ताव गरिएको छ । तर, सैफले गरेको भूमिकाका लागि भने निर्माण टिमले अहिले पनि कलाकार खोजिरहेको छ ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया