के हुन्छ आफूले दिएको मत देखाउँदा ? यस्तो छ कानूनी व्यवस्था

काठमाडौंँ– आज देशका ७५३ वटा स्थानीय तहका लागि निर्वाचन भइरहेको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदानमा अहिलेसम्म केहीले मत दिइसकेका छन् भने धेरै आफ्नो पालो पर्खिरहेका छन् ।
मत दिएकामध्ये केहीले आफूले मत हालेको मतपत्रको फोटो खिचेर सामाजिक सञ्जालमा पोस्ट गरेको पाइएको छ । तीमध्येका एक हुन्– जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई । उनले शुक्रबार बिहान आफ्नो गृह जिल्ला गोरखाको पालुङटार– १ बाट आफूले छाप हानेको मतपत्रको फोटो सामाजिक सञ्जालमा पोस्ट गरेका छन् । तर, यस्तो गर्नू निर्वाचनको आचार संहिता विपरीत हो ।
निर्वाचन कसुर तथा सजाय ऐन २०७३ को दफा ९ मा मत संकेत सार्वजनिक गर्न नहुने उल्लेख छ । मत संकेत सार्वजनिक गर्ने व्यक्तिलाई मतदान अधिकृतले १५ हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने दफा ९ को उपदफा २ मा उल्लेख छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया