मोरङको लेटाङस्थित शान्ति भगवति माविमा राेकिएको मतदान सुरु

विराटनगर - मतदाता नामावलीमा अन्यत्रका मान्छेको नाम भएको भन्दै कांग्रेस र एमालेका नेता कार्यकर्ताहरूको विवादले रोकिएको मोरङको लेटाङ नगरपालिका–४ स्थित शान्ति भगवती माविको मतदान सुरु भएको छ ।
बिहान ७ बजे सुरु हुनुपर्ने मतदान विवादका कारण रोकिएकोमा अहिले सुरु शान्तिपूर्ण रुपमा सुरु भएको मतदान केन्द्र (क) का मतदान अधिकृत हरिप्रसाद दाहालले जानकारी दिए ।
‘अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ, कुनै पनि समस्या छैन’ उनले भने, ‘दलहरुबीच मतदान नरोक्ने सहमति भएपछि करीव साढे दुई घण्टापछि मतदान सुरु भएको छ ।’ लेटाङ–४ मा भाडामा बसेका मान्छेको समेत मतदाता नामावलीमा नाम भेटिएको भन्दै कांग्रेस आपत्ती जनाएको थियो ।
त्यसको प्रतिवाद गर्दै एमालेले मतदाता नामावलीमा नाम भएका सवैको मतदानको अधिकार हुने भन्दै अडान राख्दै आएको थियो । विवादले मतदान नै रोकिएपछि मतदानका लागि मतदान केन्द्रमा पुगेका अन्य मतदाताले आपत्ति जनाएका थिए । दुवै पक्षले मतदान अघि बढाउन सहमति जनाएका हुन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया