सर्लाहीको धनकौलमा गोली चल्यो, अहिलेसम्म सुरु भएन मतदान

जनकपुरधाम - सर्लाहीको धनकौलमा गोली चलेको छ । स्थानीय तह निर्वाचनअन्तर्गत सर्लाहीको धनकौल गाउँपालिकामा प्रहरीले ६ राउन्ड गोली प्रहार गरेका छन् ।
राजनैतिक दलका नेता कार्यकर्ताबीच झडप हुन थालेपछि प्रहरीले हवाई फायर गरेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए । धनकौल गाउँपालिका–२, पशु सेवा केन्द्र मतदान स्थलमा सुरक्षाकर्मीले हवाई फायर गरेका हुन् ।
प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले धनकौलमा स्थिति नियन्त्रणमा लिन हवाई फायर गर्नु परेको जानकारी दिए । राजनीतिक दलका कार्यकर्ताहरूबीच ढुंगा हानाहान समेत भएको छ ।
विवाद भएको मतदान स्थलमा अहिलेसम्म मतदान सुरु हुन सकेको छैन । राजनीतिक दलहरूबीच छलफल चलिरहेको प्रवक्ता बुढाथोकीले जानकारी दिए । त्यस्तै सर्लाहीकाे बसबरियामा विवाद उत्पन्न हुँदा झडप भएकाे छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया