मोरङमा मतदान शान्तिपूर्ण

मोरङ - स्थानीय तह निर्वाचनअन्तर्गत मोरङ जिल्लामा मतदान कार्य आज बिहान ७ बजेदेखि सुरु भएको छ ।
जिल्लामा मध्यान्हसम्म शान्तिपूर्ण वातावरणमा मतदान कार्य सुचारु भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एवं प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले बताए ।
विराटनगर महानगरपालिकामा मतदान कार्य बिहान ७ बजेदेखि शान्तिपूर्ण वातावरणमा सञ्चालन भइरहेको मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए । मतदानका लागि पुरुष, महिला, युवा तथा अशक्त, अपाङ्ग, ज्येष्ठ नागरिकलाई मतदानका लागि विशेष व्यवस्था गरिएको छ ।
यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले आदर्श माविमा र जनता समाजवादीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले स्नातकोत्तर क्याम्पसमा मतदान गरेका छन् ।
जिल्लामा सात लाख १५ हजार २२३ मतदाता रहेका छन् ।

धनकुटामा घाँटीमा हड्डी अड्किएर वृद्धको मृत्यु

कक्षा १२ को परीक्षा दिएर बसेकालाई कोदोको परिकार उत्पादन र प्याकेजिङ तालिम

चार जिल्लाका ११ स्थानीय तह‘ग्रेटर मुन्दुम’ पदमार्गको विकासमा जुट्दै

करेन्ट लागेर माओवादीका गाउँपालिका कार्यसमिति सदस्यको मृत्यु, अर्का एक जना घाइ…

‘नागरिकलाई स्वच्छ र पर्याप्त खानेपानी पुर्याउने लक्ष्य छ’

हात्ती लखेट्न लगाइएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु

प्रतिक्रिया