कैलालीमा मतदान उत्साहजनक

कैलाली - कैलाली जिल्लामा स्थानीय तहको निर्वाचनका क्रममा आज मतदाताहरुले शान्तिपूर्ण वातावरणमा मताधिकार प्रयोग गरिरहेका छन् ।
मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश जयानन्द पनेरुले जिल्लाभरका मतदान केन्द्रमा आज बिहान ७ बजेदेखि सुरु भएको मतदानमा मतदाताले उत्साहजनक रुपमा मताधिकार प्रयोग गरिरहेको बताए ।
बिहान ११ बजेसम्म जिल्लामा १७ देखि २५ प्रतिशतसम्म मत खसेको अनुमान गरिएको उनको भनाइ थियो । जिल्लाका केही स्थानीय तहमा आजैदेखि मतगणना सुरु गर्ने तयारी भइरहेको छ ।
धनगढी उपमहानगरपालिकाको मतगणना भने भोलि ११ बजेबाट सुरु गर्ने तयारी भइरहेको मुख्य निर्वाचन अधिकृत पनेरुले जानकारी दिए ।
जिल्लामा १३ स्थानीय तहमध्ये सबै तहका मतपेटिका सम्बन्धित निर्वाचन कार्यालयमा ल्याएपछि मतगणना सुरु हुने जनाइएको छ ।
केही दिनदेखि बढेको गर्मीले जनजीवनमा असर पारेकामा गएराति भएको वर्षाले भने शीतलता भएपछि मतदातालाई मतदानस्थलसम्म पुगेर मतदान गर्न सहज भएको छ ।
निर्वाचनका लागि जिल्लाका कूल १३ स्थानीय तहमा २३६ मतदानस्थल र ६१९ मतदान केन्द्रको व्यवस्था गरिएको छ । रासस

पुर्चौडी कार्यपालिका सदस्य लुहारको निधन

वर्षौंदेखि अधुरा रहेका चार पुल निर्माण अन्तिम चरणमा

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

प्रतिक्रिया