उम्मेदवारले खाजा खाएको निहुँमा प्रहरीले दुर्व्यवहार गरेपछि मतदान रोकियो

काठमाडौँ - सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ३ धुस्कुनमा उम्मेदवारले खाजा खाएको निहुँमा प्रहरीले दुर्व्यवहार गरेपछि मतदान रोकिएको छ ।
महेन्द्र प्रताप माविको बुथ क, ख र ग मा मतदान रोकिएको हो । कांग्रेसका वडाध्यक्षका उम्मेदवार निमा दोर्जे तामाङले खाजा खाइरहेको अवस्थामा प्रहरीले दुर्व्यवहार गरेपछि मतदान रोकिएको स्थानीय शहदेव भण्डारीले जानकारी दिए ।
`वडाध्यक्षका उम्मेदवारले खाजा खाइरहनु भएको थियो प्रहरीले आएर लातीले हानेपछि तनावपूर्ण अवस्था भयो`, उनले भने ।
अहिले मतपेटिका सुरक्षित राखिएको छ । मतदान पुनः सुरु गर्ने विषयमा छलफल भइरहेको बताइएको छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया