मेलम्चीको गोल्मास्थान मतदान केन्द्रमा विवाद भएपछि पुनः मतदान रोकियो

काठमाडौँ - सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर ९ मा मतदान रोकिएको छ ।
इच्छाएको व्यक्तिलाई मत दिने विषयमा दुई पार्टीका प्रतिनिधि बीच विवाद भइराख्दा पर्खाल नाघेर एमाले कार्यकर्ता मतदानस्थल प्रवेश गरेपछि मतदान रोकिएको हो ।
गोल्मास्थान स्वास्थ्य चौकी मतदान केन्दमा बसेका नेकपा माओवादी र नेपाली कांगेसका प्रतिनिधिबीच इच्छाएको व्यक्तिलाई मत दिने भन्ने विवाद भइराख्दा एमाले कार्यकर्ता भित्र छिरेपछि विवाद भएको पत्रकार युवराज पुरीले जानकारी दिए ।
एमालेका तीन कार्यकर्ता पर्खाल चढेर मतदानस्थल प्रवेश गरेका थिए ।
अहिले उक्त मतदानस्थलमा मतदान रोकिएको छ । यसअघि बिहान पनि कांग्रेस एमाले कार्यकर्ताबीच विवाद हुँदा मतदान रोकिएको थियो ।
मतदानस्थलमा सेनाले बन्दुक ताकिरहेको तस्विर सामाजिक सञ्जालमा भाइरल छ ।
भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

प्रदेश सरकारद्वारा विद्यालयलाई बस प्रदान

मल्लकालीन बस्तीका स्ववासीलाई सयौँ वर्षपछि लालपुर्जा वितरण

भक्तपुर–नगरकोट सडकखण्डको १५ किलोमिटर सडक कालोपत्र अन्तिम चरणमा

काभ्रेलाई पूर्णखोप सुनिश्चित जिल्ला घोषणा
नालामा पुल भाँचियो : काठमाडौँ जाने वैकल्पिक सडक अवरुद्ध

बागमती प्रदेशसभामा आगामी आवको बजेटमाथि छलफल प्रारम्भ

प्रतिक्रिया