सप्तरीमा दुई केन्द्रको निर्वाचन स्थगित

सप्तरी - सप्तरीको डाकेश्वरी नगरपालिका–२ स्थित जनता मावि हरिराहामा रहेको दुई वटा मतदान केन्द्रको निर्वाचन आज स्थगित भएको छ ।
मतदान गर्ने क्रममा विवाद उत्पन्न भई स्थानीयवासीले मतदान अधिकृत विपिन यादवलाई कुटपिट गर्नाका साथै मतपेटिकासमेत तोडफोड गरेकाले निर्वाचन स्थगित गर्नुपरेको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए ।
निर्वाचन अधिकृत र सहायक मतदान अधिकृतले राजनीतिक दललाई बोलाई पुनःमतदान सुरु गर्ने प्रयास गरे पनि मतपेटिका तोडफोड र मतपत्र च्यातेर छरिएकाले सर्वदलीय बैठकको निर्णयानुसार निर्वाचन स्थगित गरिएको उनले बताए ।
निर्वाचनमा सहभागी राजनीतिक दलको बैठकले मतदान अधिकृतले मतदाताको इच्छाविपरीत छाप लगाएको आरोप लगाउँदै मतदान स्थगित गर्ने निर्णय गरेको थियो ।
निर्णयमा मतदान अधिकृतले जसपाको चुनाव चिह्नको साटो नेपाली कांग्रेसको चुनाव चिह्नमा मत दिएको भन्दै स्थानीय मतदाता र प्रतिनिधिले मतपत्रसहित समातेकाले मतदान स्थगित गर्ने सर्वसमम्मति निर्णय भएको थियो ।
उक्त निर्णयमा नेकपा (एमाले), नेपाली कांग्रेस, जसपा, लोसपा, जनमत पार्टी, स्वतन्त्रका उम्मेदवारसहित, जनप्रतिनिधि, शिक्षक, पत्रकार, समाजसेवी सहभागी थिए ।
विवाद हुँदा ‘क’ केन्द्रमा १३६ मत र ‘ख’ केन्द्रमा १६० मत खसिसकेको थियो । विवाद भएपछि मतपेटिका फुटाएर छरिएको थियो।
कुटपिटबाट घाइते मतदान अधिकृत यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ ।
अशक्त महिलाले इशारा गरेकै स्थानमा आफूले सोधेर रुख चिह्नमा छाप लगाएको मतदान अधिकृत यादवले बताए । रासस

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया