मतदानमा मह जोडीदेखि आनीसम्म (फोटोफिचर)

काठमाडौँ - बिहान ७ बजेदेखि सुरु भएको स्थानीय निकायको निर्वाचनमा कलाकारले पनि सक्रियताका साथ सहभागी जनाएका छन् । ५ वर्षपछि भएको निर्वाचनमा मह जोडीदेखि आँचल शर्मासम्मले भोट हाले ।
गतसाल भन्दा यो सालको स्थानीय निकायमा नेपाली कलाकारको चासो बढी रह्यो । काठमाडौँमा गायन क्षेत्रको प्रतिनिधित्व गर्दै बालेन शाहले स्वतन्त्र उम्मेदवार दिएपछि कलाकार उनको पक्षमा खुलेर लागे । सञ्चिता लुइँटेल, ऋचा शर्मा, स्वस्तिमा खड्का, निश्चल बस्नेत आदिले दिनदिनै बालेनको पक्षमा भोट अपिल गरेका थिए ।
‘लो प्रोफाइल’मा रहने स्थानीय निर्वाचनमा कलाकारको पार्टी प्रवेशले पनि कलाकारलाई चुनाव लागेको संकेत गर्यो । चुनावको मुखमा करिष्मा मानन्धर एमाले प्रवेश गरिन् भने भुवन केसी, श्वेता खड्का कांग्रेस प्रवेश गरे ।
पार्टी प्रवेशपछि आफ्नो पार्टीलाई जिताउन उनीहरूले दौडधुप पनि गरेको देखियो । राप्रपाकी केन्द्रीय सदस्य रेखा थापा राप्रपाको पक्षमा माहोल बनाउन पूर्वदेखि पश्चिमसम्म पुगिन् भने करिष्मा पनि केपी शर्मा ओलीसँगै धेरै ठाउँ गएकी थिइन् । यसैगरि चुनावको मुखमा कांग्रेस प्रवेश गरेका भुवन केसी पनि ‘म नेपाली बाबु’ भन्दै केही ठाउँका मतदातालाई रिझाउन गए ।
तस्बिर: कलाकारको फेसबुक

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया