भारतबाट फर्किने नागरिकको स्पष्ट विवरण राखिने

सुर्खेतः कर्णाली सरकारले भारतलगायतका विभिन्न देशबाट फर्किने नागरिकहरुको स्पष्ट विवरण राख्ने भएको छ । भारतलगायतका देशहरुमा कोरोना संक्रमण फेरि फैलिइरहेका कारण प्रदेश प्रवेशको सीमा नाकामा भारतबाट आउने नागरिकहरुको फोन नम्बर र ठेगानासहित स्पष्ट विवरण राख्ने व्यवस्था मिलाउने जिम्मा प्रदेश प्रहरी कार्यालयलाई दिइएको छ ।
प्रदेश विपद् व्यवस्थापन केन्द्र कर्णाली प्रदेशकोे बैठकले यस्तो निर्णय गरेको हो । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही अध्यक्षतामा शुक्रबार बसेको उक्त बैठकले कोरोना फैलिन थालेको भन्दै सावधानी अपनाउन आग्रह गरेको हो ।
सीमा नाकाबाट प्रवेश गरेका र स्वास्थ्य परीक्षण गर्दा कोभिड–१९ देखिएका व्यक्तिहरूलाई अनिवार्य रूपमा होम आइसोलेसनमा राख्ने निर्णय समेत छ ।
बैठकले कोभिडबारे जानकारी आदानप्रदान गर्न हटलाईन कल सेन्टरको व्यवस्था गर्ने, सार्वजनिक यातायातमा अनिवार्यरूपमा मास्क प्रयोग गर्न बस व्यवसायीलाई अनुरोध गर्ने निर्णय समेत गरेको छ ।
प्रदेश सरकारले प्रदेशका सबै नागरिकलाई कोरोना खोपको व्यवस्थाका लागि संघीय सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले सामाजिक विकास मन्त्रालयमार्फत कर्णालीका नागरिकलाई आवश्यक पर्ने खोप उपलब्ध गराइदिन अनुरोध गर्ने निर्णय गरेको छ । कोरोना माहामारीमा स्वास्थ्यसम्वन्धी कार्यका लागि खटिएका साविकको जनशक्तिलाई नै परिचालन गर्ने निर्णय समेत भएको छ ।

जुम्लामा मार्सीधान रोपाइँ सुरु

जुम्लामा विद्युत् सेवा बन्द हुँदा ४८० अन्धकारमा बस्न बाध्य

एनआरएनए अस्ट्रेलियाको सहयोगमा जाजरकोटमा विद्यालय भवन निर्माण

प्रधानाध्यापक शाही मृत भेटिए
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_Lc2usOgK8a_wqcv9gac6mzxq3eyaduutyvpnxnfkjevwzfzy5ar7phhmx0tjdxaygmvvfgd.jpg)
सशस्त्रको भोजमा गोली पड्किँदा सुरक्षा निकायको जवाफ- गोली र पटकाको आवाज पनि न…

कर्णालीमा पाँच हजारभन्दा बढी उद्योग खारेजी

बाढीले भेडीगोठका २६ बाख्रा पुरिए

प्रतिक्रिया