बुटवल र देव दहमा काँग्रेसको अग्रता

बुटवल- बुटवल उपमहानगरपालिकाको प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ। वडा नम्बर १ को २ सय मत गणना हुँदा गठबन्धनका साझा उम्मेद्वार नेपाली काङ्ग्रेसका खेलराज पाण्डेले ७३ मतसहित अग्रता लिएका हुन्।
दोस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचन ४५ मतसहित पछ्याइरहेका छन्। यहाँ नेकपा एमालेका बाबुराम भट्टराईले ३३ मत पाएका छन्। वडा नम्बर १ मा १ हजार ९ सय ७४ मत खसेको निर्वाचन कार्यालयले जनाएको छ। उता रूपन्देहीकै देव दहमा नेपाली कांग्रेसले सुरुआती अग्रता लिएको छ।
गठबन्धनका संयुक्त उम्मेदवार नेपाली कांग्रेसका हिरा केसीले ६८ मत पाएका छन्। वडा १ मा २०० मत गणना गर्दा नेकपा एमालेका ध्रुव खरेलले ५६ मतसहित पछ्याइरहेका छन् । उपप्रमुखमा भने नेकपा एमालेकी विद्यालक्ष्मी गुरुङले अग्रता लिएकी छन्। गुरूङले ५८ मत ल्याउँदा गठबन्धनबाट माओवादी केन्द्रकी सुन्दरी गिरीले ५० मत प्राप्त गरेकी छन्। अग्रता लिएका केसी र गुरूङ यसअघिका पनि देवदहका निर्वाचित मेयर उपमेयर हुन्।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया