कोभिड-१९ संक्रमणबाट तीन जनाको मृत्यु, ८५ संक्रमित

काठमाडौँ : कोभिड-१९ संक्रमणका कारण पछिल्लो २४ घण्टामा तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार कोभीडका कारण मृत्यु हुनेको संख्या तीन हजार २७ पुगेको छ भने संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७६ हजार ७५० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९३ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म दुई लाख ७२ हजार ४३५ जना कोरोनामुक्त भएका छन् । नेपालमा १२ सय ८८ जना आइसोलेसन र ५९ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २२ लाख ५९ हजार ४५ वटा पीसीआर गरिएको मन्त्रालयले जनाएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया