असुरक्षित बन्दै वन्यजन्तु

काठमाडाैं : कार्तिक ६ गते गैँडाको खागको अवैध रुपमा कारोबार गरेको आरोपमा एक व्यक्ति पक्राउ परे । अपराध महाशाखाबाट खटिएको टोलीले सुनसरी, इनरुवाका राजेन्द्र रिजाल (४९) लाई पक्राउ गरेको थियोे ।
काठमाडौँ, चुच्चेपाटी पासाङ ल्यामु चोकबाट रिजाल (४९) लाई प्रहरीले पक्राउ गरेको थियो । रिजाल पेशाले शिक्षक हुन् । रिमाललाई आवश्यक अनुसन्धानका लागि अहिले जिल्ला वन कार्यालय हात्तीसार पठाइएको छ ।
०००
काठमाडौँ, दरबारमार्गमा प्रहरीले केही व्यक्तिहरुलाई कस्तुरीको विनासहित समात्यो । प्रतिबन्धित कस्तुरीको विना अवैध रुपमा बिक्री वितरण गर्नका लागि लुकाएर राखेको सूचना प्रहरीले पाएपछि दुईजनालाई पक्राउ गरेको थियो ।
कार्तिक ६ गते दिउँसो २ बजे दरबारमार्ग सालिकचोकबाट उनीहरु पक्राउ परेका थिए । पक्राउ पर्नेमा काभ्रे चिसापानीका पासाङ लामा (३९) र राम कुमार लामा (३६) हुन् । कस्तुरीको विनासहित उनीहरुलाई महानगरीय अपराध महाशाखाबाट खटिएको अनुसन्धान टोलीले पक्राउ गरेको थियो ।
०००
कछुवाको अवैध ओसारपसार तथा विक्रीवितरण भैरहेको भन्ने सूचनाको आधारमा कार्तिक १६ गते पाँच जना समातिए । महानगरीय अपराध महाशखाबाट खटिएको प्रहरी टोलीले उक्त कार्यमा संलग्न रहेका व्यक्तिहरुलाई पक्राउ गरेको थियो ।
रामेछाप, हिमगंगाका नैन बहादुर आले मगर (२९), गोरखा, बारपाकका सुजन उपरकोटी (२४), रामेछाप, दोरम्बाका छेवाङ् लामा (३३), राजकुमार घिसिङ (२६) र दावा लामा (२९) लाई प्रहरीले भक्तपुर, सुर्यबिनायकबाट जिउँदो कछुवासहित पक्राउ गरेको थियो ।
०००
जंगली बँदेल मारेको अभियोगमा कार्तिक १७ गते चन्द्रागिरी नगरपालिका–४ सेतेपहराबाट पाँच जनालाई प्रहरीले पक्राउ ग-यो । मकवानपुर थाहा नगरपालिका–९ चित्लाङ बस्ने रामदास देउला (५०), सरोज देउला (२१), भिमदास पोडे (४१), रामचरण पोडे (३६) र राजेश देउला (२२) गरी पाँच जना पक्राउ परेका थिए ।
चन्द्रागिरी नगरपालिका– ४ सेतेपहरा थानकोटस्थित जंगलमा जंगली बँदेल मारी ओसारपासर गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका थिए । महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो । मृत अवस्थामा रहेको जंगली बँदेल बोकी लैजान लागेको अवस्थामा फेला पारेको प्रहरीले जनाएको थियो ।
बन्यजन्तुको कारोबारलाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ तथा साइटिस महासन्धी १९७५ विरुद्धको अपराध मानिन्छ । यस्तो अपराध गर्नेलाई ५ वर्ष देखि १५ वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ ।
महानगरीय अपराध महाशाखाका एसपी इश्वर कार्कीले लगातार वन्यजन्तुहरू तस्करीको खबर आउनु दुखद् रहेको बताए । ‘वन्यजन्तु संरक्षणका लागि हामीले सक्दो प्रयास गरिरहेका छाैं,’ उनले भने, ‘यस्ता अवैध कार्यमा लाग्नेलाई हामीले कानुनको दायरामा ल्याएरहेका छौँ । हाम्रो देश मात्र नभएर धेरै देशहरु यसको विरुद्धमा छन् । यो गर्नुहुँदैन भनेर विभिन्न सन्धीहरू नै भएका छन् ।’
धेरैजसो व्यक्तिहरूले वन्यजन्तु तस्करी गरेर औषधिजन्य रुपमा प्रयोग गर्ने गरेको पाइएको उनले बताए । कसैले भने शोखको रुपमा समेत प्रयोग गर्ने गरेको अनुशन्धानले देखाएको छ । अन्तराष्ट्रिय बजारमा पु-याउनको लागि पनि धेरैले यस्ता कामहरु गर्ने गरेको एसपी कार्कीले बताए । ‘यस्ता केसहरुमा मानिसलाई लोभले गाइड गरेको देखिन्छ,’ उनले भने, ‘छिटो र धेरै कमाउ भन्ने सोचले मानिसहरु यस्ता क्रियाकलाप गर्छन् ।’

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया