रेडपाण्डा र चितुवाको छालासहित ८ पक्राउ

दैलेख : नारायण नगरपालिका-३ खुर्सानीबारी पिपल चौतारास्थित सडकबाट संरक्षित वन्यजन्तु रेडपाण्डाको जस्तो देखिने ३ थान छाला र चितुवाको जस्तो देखिने १ थान छाला सहित ८ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा नौमुले गाउँपालिका-३ नाउलेका धनबहादुर सुनार, सोही गाउँपालिका-१ लेलीका कविराम अधिकारी, सोही गाउँपालिका-४ का रोशन बस्नेत, सोही गाउँपालिका-२ का धनबहादुर पुरी, सोही गाउँपालिका-३ का दलबहादुर खत्री, सोही गाउँपालिका-२ का हस्तबहादुर थापा, भगवतीमाइ गाउँपालिका-१ का गोविन्द्र थापा र सोही गाउँपालिका-२ का धनबहादुर रावत छन् ।
वन्यजन्तु ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको ब्यूरो टोली र जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी चौतारास्थित सडकमा क.०२००१ ज.००३६ नम्बरको बलेरो जिप जाँच गर्दा छाला फेला पारी जिपमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
उनीहरूलाई बरामद भएको छालासहित आवश्यक कारबाहीको लागि वन डिभिजन कार्यालय दैलेखमा बुझाइएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २० वर्ष पछि पक्राउ

जुवातास खेलिरहेको अवस्थामा टोखाबाट १९ जना पक्राउ

बलात्कार गरेको आरोपमा दुईजना पक्राउ

म्याग्दीमा जिप खस्दा एकको मृत्यु, ४ घाइते

बालिकालाई वेश्यावृतिमा लगाएको आरोपमा गेस्ट हाउस संचालक पक्राउ

लागुऔषधसहित विभिन्न स्थानबाट २० जना पक्राउ

अल्बानिया पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रतिक्रिया