धादिङ: धुनीबेंसी, खनियावास र बेनिघाट रोराङमा मतगणना सुरु

काठमाडौँ- धादिङ खनियावास गाउँपालिकामा १२:३० बजेबाट मतगणना सुरु भएको छ । बिहान ८ बजे सर्वदलीय बैठक बसेर मतगणना आचारसंहिता बनाएपछि गणना सुरु गरेको हो ।
खनियावासमा राप्रपा, नेकपा एमाले र गठबन्धनबाट नेपाली काँग्रेसबीच प्रतिस्पर्धा छ । त्यस्तै बेनिघाट रोराङ गाउँपालिकामा पनि मतगणना सुरु भएको छ । यो पालिकामा २१ हजार ३ सय २१ मतदाता छन् । ७५.८१ प्रतिशत मत खसेको छ । पृथ्वीराजमार्ग जोडिएको र चेपाङ समुदायको उल्लेख्य बसोबास भएको बेनिघाट रोराङ मा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा छ ।
धुनीबेंसी नगरपालिकामा मतगणना सुरु गरेको छ । २६ हजार ५ सय २७ मतदाता रहेकोमा ७३.५७ प्रतिशत मत खसेको छ । यो नगरपालिकामा पनि गठबन्धनका उम्मेदवारसँग एमाले एक्लै छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया