फेसबुक मेसेन्जरबाट ठगी गर्ने महतो पक्राउ

काठमाडौँ : अनलाइनमार्फत रकम ठगी गरेको आरोपमा चितवनका एक युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-१ निपनी चोक बस्ने २१ वर्षीय विनेश महतो छन् ।
सामाजिक सञ्जाल फेसबुकमा मेसेन्जरबाट पीडितहरुसँग विभिन्न बहाना बनाई झुक्याई ४७ हजार रुपैयाँ मोवाइल बैंकिङबाट ट्रान्सफर गरीदिनु भन्दै उनले ठगी गरेका थिए ।
सूचना पाएलगत्तै महानगरीय अपराध महाशाखाको टोलीले ईलाका प्रहरी कार्यालय टाँडी चितवनसँगको समन्वयमा महतोलाई पक्राउ गरेको हो । उनलाई ठगी मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ ।

नदीले बगाउँदा एक जनाको मृत्यु

सामाजिक कार्यमा लायन्स क्लब अफ नेपाल हिमालय एक दशकदेखि सक्रिय हुँदै

गलत तरिकाले चिया पिइरहनु भएको त छैन ?

खाल्डोमा डुबेर बालकको मृत्यु

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोडको बजेट

महिनावारी हुँदा गोठमा सुत्न जाँदा ...

प्रतिक्रिया