नेपालगञ्ज उपमहानगरमा कांग्रेसको अग्रता

बाँके - स्थानीय तह निर्वाचनअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारले प्रारम्भिक अग्रता लिएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका–२३ मा १९८ मतगणना हुँदा नेपाली कांग्रेसबाट नगरप्रमुखका उम्मेदवार प्रशान्त विष्टले ७९ मत प्राप्त गरी अग्रता लिएका छन् । नेकपा (एमाले)का पशुपति दयाल मिश्रले २६ र राप्रपाका नन्दलाल बैश्यले ५ मत प्राप्त गरेका छन् ।
नगर उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का कमरुद्धिन राईले ६८, एमालेका शान्ति ढकालले २६ र राप्रपाकी विन्दु चर्तीमगरले ७ मत प्राप्त गरेको प्रमुख निर्वाचन अधिकृत खडानन्द तिवारीले जानकारी दिए ।
बाँकेको बैजनाथ र नरैनापुर गाउँपालिकामा कांग्रेस, खजुरा गाउँपालिका र राप्ती सोनारीमा एमाले र कोहलपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)ले अग्रता लिएको जनाइएको छ ।

तरुण दलको महाधिवेशन मङ्सिर २६ देखि २८ गतेसम्म हुने

पशु कल्याण ऐन चाँडै ल्याउने सरकारको प्रतिबद्धता

एकीकृत समाजवादीद्वारा नेत्री झाँक्रीलाई स्पष्टीकरण
पूर्वराष्ट्रपति भण्डारीले सुरक्षाकर्मीको मात्र सुविधा लिने घोषणा

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

प्रतिक्रिया