संगीताको ‘आइसक्रिम’लाई अफ्रिकामा दुई अवार्ड

संगीता श्रेष्ठको लघु चलचित्र ‘आइसक्रिम’ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’ मा मा दुई अवार्ड जितेको छ । निर्देशक संगीता श्रेष्ठले शनिबार राति घोषणा भएको अवार्ड समारोहमा फिल्मले उत्कृष्ट अभिनेत्री र सम्पादन गरी दुई विधामा अवार्ड जितेको जानकारी गराइन् । नोभेम्बर तीनदेखि सुरु भएको फेस्टिभलको पहिलो दिन नै फिल्म स्क्रिनिङ भएको थियो ।
निर्देशक संगीताले फिल्मले अवार्ड जित्ला भन्ने कल्पना पनि नगरेको तर दुई –दुइटा अवार्ड पाउँदा चकित परेको प्रतिक्रिया दिएकी थिइन् । ‘फेस्टिभल भरी मैले पनि संसारभरका फिल्म हेरें । हाम्रो फिल्मको तुलनामा धेरै बजेटमा बनेका र प्राविधिक रुपमा पनि सक्षम फिल्म थिए । तर, पनि आइसक्रिमले अवार्ड जितेको देख्दा खुशी लागेको छ,’संगीताले इकागजसँग प्रतिक्रिया दिँदै भनिन् । संगीतले बाल यौन हिंसाको विषय र सम्पादनमा गरेको प्रयोगले नै फिल्मलाई अवार्डको हकदार बनाएको बताइन् ।
‘पहिला बाल यौन हिंसाको विषय फेस्टिभलका जुरीलाई रोचक लागेको हुनसक्छ,’ उनले अवार्ड जित्ने सम्भावित कारणबारे ब्याख्या गर्दै भनिन्, ‘अर्को चाहीँ हामीले प्रस्तुतिमा थोरै प्रयोग गरेका थियौं । सायद यही कारण नै हो जुरीले फिल्म रुचाए ।’ फिल्ममा सडकमा पैसा माग्दै हिड्ने एक बालिकाको कथा समेटिएको छ । नौ मिनेट लामो फिल्ममा योगिशा खत्रीले मुख्य भूमिका निभाएकी छन् । फिल्मको सम्पादन लोकेश बज्राचार्यले गरेका हुन् । संगीताका अनुसार फिल्म २ लाख हाराहारीको बजेटमा तयार भएको हो ।
श्रेष्ठका अनुसार यो चलचित्र अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, युकेको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, इटालीको ‘इन्टिमलेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानव अधिकार फिल्म फेस्टिभल २०२०’ मा पनि छनोट भइसकेको छ । संगीताले ‘कथा काठमाडौं’ फिचर फिल्मबाहेक थुप्रै म्यजिक भिडियो, वृत्तचित्र तथा लघु चलचित्र निर्देशन गरेकी छन् । कान्तिपुर टेलिभिजनबाट प्रसारण भएको ‘कथा प्रेमका’ पनि संगीताले नै निर्देशन गरेकी हुन् ।

‘मुनामदनको ब्रेकअप’ फिल्मको घोषणा, राज कटुवाल अनुवन्धित

‘अनाम गजल गायन’मा सुनिए ७ स्रष्टा, सन्तोषले जिते श्रोताको मन

क्रिकेटरले आफ्नो बैबाहिक जीवन बिगारीदिएको आमिर खानको खुलासा

सन्नी देओलको बोर्डरः २ को सकियो सुटिङ

‘सितारे जमीं पर’ले कमायो १५४ करोड, बन्यो १५० करोड कटाउने ६५ औं चलचित्र

‘जाने भए जाम माया’ युट्युबमा सर्वाधिक हेरिएको गीत

सट्टेबाजी एप्स प्रचारमा दक्षिण भारतका १९ चर्चित कलाकारको संलग्नता, गरियो मुद्दा…

प्रतिक्रिया