भरतपुरमा रेणु अघि लागिन्, पछि परे विजय

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल अघि लागेकी छिन् ।
तीन सय ५० मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ सय ३३ मत ल्याएकी छिन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ सय २७ ल्याएका छन् ।
जगन्नाथ पौडेलेले ४१ मत ल्याएका हुन् ।
अहिले तीन वटा मतगणना केन्द्रबाट गणना भइरहेकाे छ ।
यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् ।
भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

देशलाई अगाडि बढाउन नयाँ चरणको आन्दोलनको तयारी भइरहेको छः अध्यक्ष लिङ्देन

नेकपा माओवादी केन्द्रले भन्योः वर्तमान गठबन्धनको सरकार धेरै दिन टिक्दैन
विद्या भण्डारीले गरिन् सरकारी सेवा सुविधा परित्याग

विकास सहायतालाई अनुमानयोग्य र पारदर्शी बनाउन प्रधानमन्त्री ओलीको आह्वान

नेतृत्वप्रति आक्रोश भए पनि व्यवस्थाप्रतिको समर्थन घटेको छैनः माधव नेपाल

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

प्रतिक्रिया