यसरी भइरहेको छ भरतपुर महानगरको मतगणना, हेर्नुहोस् तस्बिरमा

चितवन- भरतपुर महानगरपालिकाको मतगणना भइरहेको छ । बिहीबार भएको स्थानीय तह निर्वाचन अन्तर्गत भएको महानगरको मतगणना भइरहेको छ ।
महानगरपालिकाको मतगणना भरतपुर १० स्थित चितवन उधोग संघको औधोगिक प्रदर्शनी केन्द्रमा भइरहेको छ । जहाँ निर्वाचनमा सहभागी दलका प्रतिनिधि र निर्वाचन आयोगका प्रतिनिधि मिलेर मत गणना गरिरहेका छन् ।
सत्ता गठबन्धनका तर्फबाट मेयरका लागि रहेकी रेणु दाहाल र एमालेका विजयी सुवेदी तीव्र प्रतिष्पर्धा चलिरहेको छ ।
तारजालीको घेराभित्र सीसी क्यामेराको निगरानीमा मतगणना भइरहेको छ । गत स्थानीय निर्वाचनमा मत गणनाको समयमा माओवादीका कार्यकर्ताले मतपत्र च्यातेका थिए । यसपटक भने कडा निगरानीमा गरिएको छ ।
स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् । भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

कांग्रेस बैठकमा ३५ जनाले राखे धारणा

‘कुलिङ पिरियड’ प्रकरण : सभापति खतिवडाले गुहारे राष्ट्रियसभा

स्वास्थ्य सेवाका लागि आवश्यक बजेट विनियोजन भएको छ : मन्त्री पाण्डे

सुरक्षा निकायले न्यून स्रोत र साधनका भरमा काम गरिरहेका छन् : गृहमन्त्री लेखक

नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्रमन्त्रीको आग्रह

निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भयो : प्रचण्ड

प्रतिक्रिया