विराटनगर महानगरको मेयरमा कांग्रेसको अग्रता कायमै

विराटनगर - विराटनगर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसको अग्रता कायमै रहेको छ । उपमेयरमा भने नेकपा एमालेकी शिल्पा निराला कार्कीले गठबन्धनका अमरेन्द्र यादवलाई गणनाको सुरुवातदेखि नै पछि पारेकी छन् ।
मेयरमा कोइरालाले २ हजार ३४३ मत प्राप्त गरेका छन् । प्रत्यासी एमालेका सागर थापाले १७५० मत प्राप्त गरेका हुन् । उपमेयरमा कार्कीले १ हजार ८९६ मत प्राप्त गर्दा प्रत्यासी यादवले १ हजार ३२३ मत ल्याएका छन् ।
शनिबार बिहान १० बजेदेखि विराटनगर महानगरको मतगणना सुरु भएको थियो । वडा नम्बर १, २, १६, १७, १८ र १९ को मतगणना जारी छ । मतगणना ढिलाइ भएको भन्दै दलका प्रतिनिधिहरुले समेत असन्तुष्टि जनाइरहेका छन् ।
मतपेटिका खोलिएका ६ वटा वडाहरूको मत अलग अलग कोठामा गणना भइरहेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने मतपत्रको ढाँचाका कारण गणनामा ढिलाई भएको दाबी गरेको छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया