शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

जनकपुरधाम-१ मा कांग्रेसको प्यानल विजयी

धनुषा – धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो ।

कांग्रेसका दिप नारायण यादव ११४३ मत प्राप्त गर्दै वडा अध्यक्षमा विजयी भएका हुन् । नेकपा एमालेका लभ कुमार अधिकारीले ५४१ मत प्राप्त गरे ।

वडा सदस्यमा कांग्रेसकै बिजय कुमार साहले ९५६ र मनोज कुमार पुर्वेले ९२० मत ल्याएर विजयी भए । महिला सदस्यमा कांग्रेसकै शारदा पंत तथा दलित महिला सदस्यमा कांग्रेसकी सतिया देवी सादा मुसहर चुनिए ।