काठमाडौँ महानगरले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर संकलन गर्ने
काठमाडौँ : काठमाडौँ महानगरपालिकाले प्राङ्गारिक मल बन्ने र नबन्ने फोहर छुट्याएर मात्र संकलन गर्ने भएको छ । फोहर संकलनलाई थप व्यवस्थापन गर्नका लागि आगामी वैशाखदेखि कामपा-४ बाट यस कार्यको थालनी गर्न लागेको हो ।
वैशाखको १ गतेदेखि निश्चित टोल सुधार क्षेत्रबाट अभियान थाल्ने बताउँदै नेप्सेम्याक सेवा प्रालिका प्रवन्धक मीत्र घिमिरेले अभियान थालिएका ठाउँमा फोहर वर्गीकरण नभए सङ्कलन नगरिने योजना रहेको उल्लेख गरे । वडाभित्र श्री प्रतिष्ठान तथा मिलीजुली टोलसुधार समिति, सारा, दीपज्योती मार्ग, महालक्ष्मी, आशिष मार्ग, पञ्चकुमारी, चुनदेवी, मिलीजुली चुनदेवी गैरी, टुसाल, सरस्वती टोलसुधार समितिसहित क्लव र उपभोक्ता समिति छन् ।
जाल्पादेवी, शिवप्रिया मार्ग, तल्लो बालुवाटार र जनमार्ग उपभोक्ता समितिले वडामा काम गरिरहेका छन् । यसैगरी, धुम्रवराह, जागरण र पञ्चकन्या युवा क्लव सक्रिय छन् । विशाल मिलन केन्द्र र महिला जागरण समिति पनि वडाका सक्रिय सामाजिक संघसंस्था हुन् ।
यीनै टोल सुधार समिति, उपभोक्ता समिति र युवा क्लवको सहयोगमा प्राङ्गारिक मल बनाउन सक्ने र नसक्ने फोहर छुट्याउने अभियान थालिने भएको हो । (रासस)

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया