भरतपुरमा मतान्तर घटाउँदै विजय

चितवन- भरतपुर महानगरपालिकामा रेणु दाहाल ५३ मतले अग्रता लिएकी छिन् । उनले महानगरको मतगणना जारी रहँदा १ हजार ८ सय ६७ मत प्राप्त गरेकी छिन् ।
पाँच हजार १ सय ७७ मत गणना हुँदासम्म गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार मेयर रहेकी दाहालले १ हजार ८ सय ६७ मत ल्याएकी हुन् ।
एमालेका मेयर उम्मेदवार विजय सुवेदीले १ हजार ८ सय १४ मत ल्याएका छन् । अहिले भरतपुर २ मा मत गणना भइरहेको छ । २ मा हालसम्म १९ मतपत्र गणना भएको छ ।
अहिले तीन वटा केन्द्रबाट गणना भइरहेकाे छ । यसअघि एक स्थानमा मात्रै मत गणना भइरहेकाे थियाे । स्थानीय तह सदस्य निर्वाचन अन्तर्गत शुक्रबार सम्पन्न मतदानमा भरतपुर महानगरपालिकाका १ लाख २७ हजार ५६६ जनाले मतदान गरेका छन् ।
महानगरपालिकामा कूल मतदाताको संख्या १ लाख ८५ हजार ७५१ रहेकामा केवल ६८.६७ प्रतिशतले मात्रै मतदान गरेका हुन् । भरतपुरमा कुल मतदाताको ६७ प्रतिशत मत खसेको थियो ।

बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

पार्टीभित्र झगडा गरेर समय खेर नफालौँ : मन्त्री देउवा

भिजिट भिसा काण्ड र मानव बेचबिखनमाथि रास्वपाको थप कडा कदमः संसद र सडकमा सशक्…

अध्यक्ष रञ्जिता चौधरीको निर्णयको गरे विरोध संरक्षक रेशम चौधरी

तत्काल संसदीय दलको नेता परिवर्तन हुने सम्भावना छैन : शेखर कोइराला

प्रधानमन्त्री ओलीले आज राष्ट्रियसभामा सम्बोधन गर्ने

राष्ट्रियसभाको बैठक बस्दै

प्रतिक्रिया