इलामको चुलाचुली गाउँपालिका १ मा लिम्बुवान विजयी

इलाम - इलामको चुलाचुलीमा ठूला दलहरूलाई पाखा लगाउँदै लिम्बुवानका उम्मेदवार वडाध्यक्षमा निर्वाचित भएका छन् । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुवान र एकिकृत समाजवादी पार्टीको गठबन्धनले चुनाव जितेको हो । उनीहरू संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको खुकुरी चुनाव चिन्ह लिएर उम्मेदवार भएका थिए ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुर्ण लावती वडाध्यक्षमा निर्वाचित भएका छन् । लावतीले ८५३ मत पाएका छन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली कांग्रेसका मोती फागोले ५२७ मत प्राप्त गरेका छन् ।
लावतीले यसअघि पनि सोही पार्टीबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । खुल्ला सदस्यमा समरध्वज तामाङ्ग र लाल बहादुर चाम्लिङ राई विजयी भएका छन् । महिला सदस्यमा राम कुमारी राई र दलित महिला सदस्यमा जानुकादेवी विश्वकर्माले मत पाएका छन् ।

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_tL1ctXk7dv_8nqyh5ochdhfvcx4pbg85gkadxcshojm5daeanaewqh9cobydcxajqua14zc.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

प्रतिक्रिया