कीर्तिपुर नगरपालिकामा प्रमुखमा कांग्रेसको अग्रता

काठमाडौँ - स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले दुई हजार ६२० मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाल कम्युनिष्ट पार्टी (एमाले)का केशरत्न बज्रचार्यले एक हजार ६०५ प्राप्त गरेका छन् ।
उपप्रमुखमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले दुई हजार ४१५ प्राप्त गरेकी छिन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले दुई हजार ३०३ मत प्राप्त गरेकी छिन् । दश वडा रहेको उक्त नगरपालिका–१ मा कांग्रेसका हिरालाल महर्जनले ७७८ मत ल्याएर निर्वाचित भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी एमालेका हर्ष महर्जनले ५८२ मत प्राप्त गरे ।
वडा नं २ मा कांग्रेसका रुपेश महर्जनले ८८६ मत प्राप्त गरेर विजयी भएका छन्, उनको निकटतम प्रतिद्वन्द्वी एमालेका रमेशमान डङ्गोलले ६९७ मत प्राप्त गरे । वडा नं ३ मा कांग्रेसका सुविन्द्र महर्जनले ९८८ मत प्राप्त गरी निर्वाचित भएको छ भने उनका प्रतिष्पर्धी एमालेका राजेन्द्र महर्जनले ८२२ मत प्राप्त गरे ।
अन्य वडाको मतगणना जारी छ । कुल तीस हजार ३२८ मतदाता भएको उक्त नगरपालिकामा २४ हजार ३२ मत खसेको निर्वाचन अधिकृत कमला घिमिरेले जानकारी दिए । रासस

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

फेरिएको लोपोन्मुख वनकरियाको जीवनशैली

प्रतिक्रिया