झापामा मतगणना सकिएका ११ वडामध्ये कांग्रेस ६ र एमाले पाँच वडामा विजयी

झापा- झापामा धमाधम मतगणना भइरहेको छ । १५ वटै स्थानीय तहमा मतगणना जारी रहेकाे जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।
१५ स्थानीय तहमध्ये कतै गठबन्धन, कतै एमाले र कतै राप्रपा अगाडि छन् । कनकाई नगरपालिकामा स्वतन्त्र उम्मेदवार शेरबहादुर थापा अगाडि छन् । उनी कांग्रेसका बागी हुन् । झापामा कतिपय स्थानीय तहमा शुक्रबार रातिबाटै मतगणना सुरु भयो भने कतिपयमा शनिबार बिहान मात्र सुरु भयो । हालसम्म गणना सुस्त छ । झापामा हालसम्म ११ वटा वडामा अन्तिम मतपरिणाम आएको छ । जसमध्ये ६ वटा वडामा कांग्रेस र पाँचवटा वडा एमालेले जितेको छ ।
कांग्रेसबाट कचनकवल-१ मा कांग्रेसका महावीर लिम्बू निर्वाचित भएका छन् । यहाँ कांग्रेसले प्यानल नै जितेको हो । भद्रपुर-२ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ वडाध्यक्ष रामबहादुर कँडेल निर्वाचित भएका छन् । अन्य सदस्य पदमा भने एमालेले जित निकालेकाे छ ।
यस्तै, कनकाई-८ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका लीलाबहादुर कटुवाल निर्वाचित भएका छन् । बाह्रदशी-१ र २ मै कांग्रेस निर्वाचित भएको छ । बाह्रदशी-१ मा कांग्रेसका टेकबहादुर राजवंशी निर्वाचित भएका छन् । बाह्रदशी-२ मा कांग्रेसका भीमबहादुर कार्की विजयी भए ।
कमल-१ मा पनि कांग्रेसले प्यानल नै जितेको छ । कमल-१ मा कांग्रेसका केदार कटुवाल विजयी भए । अर्जुनधारा-१ मा पनि कांग्रेस निर्वाचित भएको छ । यहाँ कांग्रेसका उपेन्द्र बस्नेत निर्वाचित भएका हुन् ।
यस्तै, एमाले ५ वटा वडामा निर्वाचित भएको छ । कचनकवल-२ मा एमालेका लेखनाथ खत्री निर्वाचित भएका छन् । भद्रपुर-१ मा एमालेका रामप्रसाद अधिकारीको प्यानल नै विजयी भएको छ । शिवसताक्षी-१ मा एमालेका लक्ष्मीप्रसाद चेम्जोङ विजयी भएका छन् । दमक-१ मा एमालेका हरि न्यौपानेको प्यानल नै विजयी भएको छ । गौरीगञ्ज-१ मा एमालेका परशुराम काफ्ले विजयी भएका छन् ।

आठ करोड ३२ लाखमा बन्यो पालिकाको भवन

कचनकवलमा करेन्ट लागेर एक जनाको मृत्यु

संरक्षण नहुँदा भोजपुरको ‘ टेम्केसिद्ध मन्दिर’ जीर्ण
_i9NmdaJkKs_gaemtdslogjyfaavix6ja5yjigihvd7kj57xhgavc2sv1b0d8bj95iwgzj7n_TqIMek5agZ_kfu5olp6syfcc2thb9dpfsvac3tbhsugyvdy7eghpfc4wetv0oyomuhp3qyv.jpg)
अरुणमा १५ श्ययाको आधारभूत अस्पतालबाट सेवा सुरु

भोजपुर–लेगुवा सडक : भत्किएका ठाउँमा टालिएको कालोपत्र नै उप्कियो

यसवर्ष पनि कोशीमा घटेन ‘लम्पी स्किन’ सङ्क्रमण

सवारी दुर्घटनामा साइकलयात्रीको मृत्यु

प्रतिक्रिया