वीरेन्द्रनगर-१ मा कांग्रेसका खत्री विजयी

सुर्खेत - सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा अहिलेसम्म दुईवटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मतपरिणाम अनुसार नगरपालिका–१ को वडा अध्यक्षमा नेपाली काँग्रेसका दिनेश खत्री निर्वाचित भएका छन् ।
उनी ४१ मतान्तरले विजयी भएका हुन् । आइतबार सकिएको वडा नम्बर १ को मतगणनाअनुसार काँग्रेसका खत्रीले १ हजार चार सय ८५ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका गंगाराम सुनारले एक हजार चार सय ४४ मत ल्याएका छन् ।
सुनार २०७४ सालको निर्वाचनबाट वडाध्यक्षमा निर्वाचित भएका थिए । यसअघि नै वीरेन्द्रनगर–१६ को मतपरिणाम सार्वजनिक भएको छ । १६ को वडाध्यक्षमा नेकपा एमाले डण्डबहादुर विश्वकर्मा निर्वाचित भइसकेका छन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया