ढुंगाले च्याप्दा बालकको मृत्यु

सुर्खेत : दैलेखमा काफल खान गएका बालकको ढुंगाले च्यापिएर मृत्यु भएको छ । नौमुले गाँउपालिका-३ बालुवाटाका प्रकाश दर्लामी मगरको ढुंगाले च्यापिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
शनिबार बिहान द्वारी खोला क्षेत्रमा काफल खान गएका दर्लामीको फर्कने क्रममा खेल्दै गर्दा खोलाको ढुंगा पल्टिएर मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय.नौमुले र जिल्ला प्रहरी कार्यालय दैलेखको संयुक्त प्रहरी टोली घटनास्थलमा पुगेर बालकको शव निकालेको थियो ।
बालकको शव परीक्षणको लागि दैलेख अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

बैतडीमा लगातार भूकम्प

मिथुनलाई भाग्यले साथ दिने, वृश्चिकलाई कमजोरी सच्याउने मौका

हरवाचरवाको समस्या समाधान गर्न माग

बाढीका कारण पत्ता लगाउन विज्ञ टोली हुम्लामा

द्वन्द्वपीडितलाई विश्वासमा लिएर कार्य गर्न मानव अधिकार आयोगको आग्रह

‘सर्पदंश रोकथाममा धामी झाँक्रीलाई पनि परिचालन गर्नुपर्छ’

हिमालयन औराद्वारा नि:शुल्क कम्प्युटर तालिम सञ्चालन

प्रतिक्रिया