किन रिसाए रोनाल्डो ?

काठमाडौँ: विश्वकप २०२२ छनौट अन्तर्गतको खेलमा शनिबार राती पोर्चुगल र सर्बियाले २-२ को बराबरी खेले । रोनाल्डोले खेलको उत्तरार्धमा गोल गरेर पोर्चुगललाई महत्वपूर्ण तीन अंक दिलाउन प्रयास गरे पनि सफल भएनन् । उनको प्रहार सर्बियाका खेलाडीले गोललाइनबाट क्लियर गरेपछि पोर्चुगल बराबरीमै चिक्त बुझाउन बाध्य भयो ।
खेल सकिएर मैदान छाड्दै गर्दा रोनाल्डो आक्रोशित देखिए । उनले कप्तान ‘आर्मब्यान्ड’ भुईमा फ्याक्दै रिस पोखेका थिए । विश्वकप छनौट यात्रा अजरबैजानविरुद्ध जित दर्ता गर्दै सुरु गरेको पोर्चुगलले सर्बियालाई हराउने अपेक्षा गरिएको थियो । लिभरपुलका फरवार्ड डिएगो जोटाले पहिलो हाफमा दुई गोल गरेपछि पोर्चुगलले खेलमा नियन्त्रण जमायो ।
तर दोस्रो हाफमा अलेक्सान्दर मित्रोभिच र फिलिप कोस्टिकले एक-एक गोल गरेपछि सर्बिया खेलमा फर्कियो । खेल सकिन केही सेकेन्ड बाँकी हुँदा, रोनाल्डोले सर्बियाका गोलरक्षकलाई बिट गर्दै प्रहार गरेको बल गोलाइनबाट क्लियर गरिएको थियो । सर्बियाका स्टेफन मित्रोभिचलले क्लियर गरेका थिए । यद्यपि त्यो क्लियरेन्स गोललाइनबाट भित्र रहेको रोनाल्डोको भनाइ थियो ।

सिरिजको अन्तिम खेलमा स्कटल्याण्डसँग नेपाल पराजित

स्कटल्याण्डले दियो नेपाललाई १९४ रनको लक्ष्य
सिरिज जित्ने लक्ष्यका साथ नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

फिफा क्लब विश्वकपमा एट्लेटिको मड्रिडको पहिलो जित
नेदरल्याण्ड्सविरूद्ध नेपालको शानदार जित

एकल कातामा एलिनालाई स्वर्ण
स्कटल्याण्डलाई हराउँदै नेपाल दुई विकेटले विजयी

प्रतिक्रिया