गुल्मीकाे चन्द्रकोटमा माओवादीका केसी निर्वाचित

बुटवल - गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका युवराज केसी निर्वाचित भएका छन् । उनले ५ हजार ७ सय मत ल्याएर निर्वाचित भएका हुन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका बिष्णुप्रसाद भण्डारीले ५ हजार १६ मत ल्याएर निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । गाउँपालिकामा अध्यक्ष पदमा निकटतम प्रतिस्पर्धी नेकपा एमालेका चेतन बस्नेतले ३ हजार ३४७ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेकै राधिका अर्यालले ३ हजार ८१६ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । चन्द्रकोट गाउँपालिकामा रहेका ८ वटा वडाहरुमध्ये ४ वटा वडामा नेपाली कांग्रेस, २ वटा वडामा नेकपा एमाले १ वटा वडामा माओवादी केन्द्र र १ वटा वडामा स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष पदमा निर्वाचित भएका छन् ।
जसअनुसार वडा नम्बर ३, ४,५, ८ मा नेपाली कांग्रेस, ६, ७ मा नेकपा एमाले, १ मा नेकपा माओवादी केन्द्र र २ मा स्वतन्त्र उम्मेदवारले वडाअध्यक्ष जितेका छन् । गाउँपालिकामा १६ हजार ३८२ जना मतदाता रहेकोमा १० हजार ०२२ जनाले मतदान गरेका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया