कास्कीकाे माछापुच्छ्रेमा कांग्रेस उम्मेदवार विजयी

पाेखरा- कास्कीकाे माछापुच्छ्रे गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका मिनबहादुर गुरुङ र उपाध्यक्षमा सीता अधिकारी विजयी भएकी छिन् । अध्यक्षमा उनले नेकपा एमालेका विक्रम गुरुङलाई ४ सय ८२ मतले पराजित गरेका हुन् ।
मिनले ७ हजार ९९ मत प्राप्त गर्दा विक्रमले ६ हजार ६ सय १७ मत ल्याए । यस्तै उपाध्यक्षमा कांग्रेसकी सीता अधिकारीले एमालेकी सीता तिवारीलाई पराजित गरिन् । अधिकारीले ६ हजार ३ सय ७६ र तिवारीले ५ हजार ९ सय ५१ मत पाएकी थिइन् ।
९ वटा वडा रहेकाे पालिकामा ७ वटा वडा कांग्रेस, १/१ वटा वडा माअाेवादी र एमालेले जितेकाे हाे । कांग्रेसले वडा १ मा इन्द्र गुरुङ, २ मा गणेश अाचार्य, ३ मा हरिश्चन्द्र लम्साल, ४ मा मधुसुधन अधिकारी, ५ मा नारदप्रसाद पाैडेल, ८ मा रामबहादुर गुरुङ र ९ मा हरीबहादुर क्षेत्री "राजेन्द्र" विजयी भएका हुन् । भने ६ मा एमालेका टेकनाथ गाैतम र ७ मा बैकुण्ठ भट्टराई विजयी भएका हुन् ।
२० हजार ३ सय १६ मतदाता रहेकाे पालिकामा ७४.५८ प्रतिशत अर्थात १५ हजार १ सय ५१ ले मतदान गरेका थिए ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया