शुक्रबार ०२ जेठ, २०८२
Friday, May 16, 2025

पाेखरा महानगरमा कांग्रेसकाे विजयी सुरुवात

पाेखरा- पाेखरा महानगरपालिका २ मा नेपाली कांग्रेस विजयी भएकाे छ । कांग्रेसका दिवशमान प्रधानाङ्गले एमालेका दिपक शाहलाई २ सय ७८ मतले पराजित गरेका हुन् ।

प्रधानाङ्गले ९ सय ३९ मत प्राप्त गरे भने एमालेका शाहले ६ सय ६१ मत ल्याए । प्यानल नै जितेकाे कांग्रेसकाे वडा सदस्यहरुमा गाैतम बिछुक्छे (९१९), भिमकुमारी अाले (९१९), गाेमा सुवेदी (८७९) र सुनिता बिक (८६८) विजयी भएका हुन् ।

पाेखरा २ मा कुल मतदाता २ हजार ५ सय ९३ रहेकाेमा १ हजार ८ सय २० मत खसेकाे थियाे ।