विराटनगर-१७ मा जसपाको प्यानल नै विजयी

विराटनगर - विराटनगर महानगरपालिकाको वडा नं. १७ मा जनता समाजवादी पार्टीले वडाध्यक्षसहित प्यानलै खाता खोलेको छ । जसपाका समिम कमर मियाले १ हजार ४५० मत प्राप्त गरी विजयी भएका हुन् ।
निकटत् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका असमल आलमले ९४४ मत प्राप्त गरेका हुन् । आलम यसअघि विराटनगर १५ का तत्कालिन संघीय समाजवादी फोरमबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।
उनी कांग्रेस प्रवेश गरेर वडा नम्बर १७ मा उठेका थिए । वडा नंं १७ को सदस्यमा जसपाका जाकिर आलम १२०१, महमद मन्जर आलम १०६२, महिला सदस्यमा चुलिया देवी साह १२८२ र दलित महिला सदस्यमा बसन्तीदेवी पासवान १२७७ मतका साथ निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
विराटनगर महानगरपालिकाको ६ वटा वडामा जारी मतगणनामा वडा नं. १९ मा नेकपा एमाले प्यानलै निर्वाचित भइसकेको छ । वडा नं. १, २, १६ र १८ को मतगणना जारी छ ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया