सल्यानका दुई पालिकामा काँग्रेस विजयी

सुर्खेत - सल्यानको दुई पालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । कुमाख र त्रिवेणी गाउँपालिकामा काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
कुमाख गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ । अध्यक्षमा काँग्रेसका मानबहादुर बुढाथोकीले चार हजार ५८ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैसीले चार हजार १२ मत ल्याएका छन् ।
उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले चार हजार एक सय ४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले तीन हजार नौ सय ४३ मत ल्याएका छन् । त्रिवेणी गाउँपालिका अध्यक्षमा पनि काँग्रेसका खुमबहादुर रावत विजयी भएका छन् ।
रावतले तीन हजार तीन सय ६९ मतसहित विजयी भएका हुन् । उपाध्यक्षमा काँग्रेसकी सीता खड्काले तीन हजार एक सय ८६ मतसहित विजयी भइन् ।

४० हजारको जागिर छोडेर २२ वर्षमै महानगरको वडा सदस्य

त्रियुगा नगरपालिकामा मेयरमा कांग्रेस र उपमेयरमा एमाले विजयी

स्थानीय तह निर्वाचनः कुन दलका कति आए जनप्रतिनिधि ?

स्थानीय तह निर्वाचनः कुन दलका कति जनप्रतिनिधि ?

चुनावी परिणामलाई लिएर जथाभावी समाचार लेख्नेलाई कानुनी कारबाही गर्ने करिष्म…

बालेनको विजयमा काठमाडौँवासीको आशाः सहरले गुमाएको अनुशासन र वैभव फिर्ता

प्रदेशका राजधानीमा कुन-कुन दलले जिते ?

प्रतिक्रिया